धनमाल लुटपाट र चोरी



ललितपुर, (नेस)
ललितपुर उप–महानगरपालिका–१ बखुण्डोल डेरा गरी बस्ने न्युजिल्यान्डका नागरिक सेल्वेन हेटोमको कोठाबाट ल्यापटप १ थान, मोबाइल १ थान, आइप्याड १ थान र फिटविट १ थान गरी करिब १ लाख ५० हजार रुपियाँ बराबरको धनमाल आइतबार चोरी भएको छ। यस सम्बन्धमा प्रहरीबाट आवश्यक कारबाही भइरहेको छ।

यसै गरी रूपन्देही जिल्ला रोहिणी गाउँपालिका–४ बिर्नी भन्ने स्थानमा लु३१प ५२२ नम्बरको मोटरसाइकलमा छपियाबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा रूपन्देही, मानपकडी–२ बस्ने झिक्कु लोनियाको साथमा रहेको नगद ४ लाख रुपियाँ सोमबार लुटपाट भएको छ।

यूपी५६बी ०३७० नम्बरको भारतीय मोटरसाइकलमा आएका अपरिचित ३ जनाले लोनियाको उक्त रकम लुटेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले खोजतलास गर्दा रोहिणी गाउँपालिका–३ धकधकई चोकमा उक्त मोटरसाइकलसहित विष्णुपुरा–१ बस्ने २१ वर्षीय मानबहादुर थारूसहित ३ जनालाई फेला पारी पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्