परीक्षामा स्मार्ट फोन निषेध



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले पहिलोेपटक सञ्चालन गर्न लागेको कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा स्मार्ट घडी निषेध गरेको छ। परीक्षामा अनियमितता हुनसक्ने जनाउँदै स्मार्ट घडीसमेत निषेध गरिएको हो।

वैशाख १२ गतेदेखि सञ्चालन हुने परीक्षाको शैली एसएलसी सरह नै हुने भएको छ। जिल्लास्थित गरीक्षा समन्वय समितिले गरेको निर्णयअनुसार केन्द्र छनोट, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक खटाइने भएको छ।

परीक्षाको तयारीको बारेमा जानकारी गराउँदै बोर्डका अध्यक्ष एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सुरक्षा अंग परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मधेसवादी दलको आन्दोलनप्रति केन्द्रित गर्दै सुरक्षाको सम्पूर्ण तयारी गरेका छौं।’ ‘हामीले आन्दोलनको विषयमा गम्भीर छलफल गर्यौं, सुरक्षा निकायका अंगले सम्पूर्ण तयारी गरेको जनाएको छ’ –सचिव एवं बोर्डका अध्यक्ष श्रेष्ठले भन्नुभयो।
बोर्डले तराईका आठसहित केही जिल्लालाई परीक्षाको सुरक्षा संवेदनशील क्षेत्रको रूपमा लिएको छ। परीक्षालाई मर्यादित बनाउन सबै तयारी पूरा गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्