चुनाव असम्भव– डा. भट्टराई



शिवहरि प्रसाद भट्टराई, राजविराज । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तराई मधेशका ५२ प्रतिशत जनतालाई पाखा लगाएर गरिने चुनावको कुनै अर्थ नहुने भन्दै मधेशको माग सम्वोधन भएसम्म चुनाव असम्भव रहेको दावी गरेका छन् ।
सप्तरीको खडक नगरपालिका अन्तर्गत कल्याणपुरको विसनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोध गर्दे नेता भट्टराईले मधेशी, जनजाति थारुको लगायत सीमान्तकृत वर्गको माग सम्बोधन नगरे चुनाव हुनै नसक्ने दावी गरेका हुन् ।

सरकारले इमान्दारीतापुर्वक चुनाव गराउन खोजेको भए त्यसअघि संविधान संसोधन गरेर तराई मधेशको माग सम्बोधन गर्नुको विकल्पै नरहेको उनको जिकिर छ । चुनाव लक्षित मधेशी मेर्चाको आन्दोलनप्रति आफनो पार्टीको समर्थन रहेको वताउँदै उनले आन्दोलन विनै शान्तिपुर्ण रुपमा संविधान संशोधन गर्ने आफुहरुको इच्छा सरकारले पुरा हुन नदिएपछि वाध्य भएर आन्दोलनको पक्षधर वन्नु परेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्