साली भेनाको सिस्नु हानाहान



SONY DSC

बिमल बिष्ट, डोटी ।
सुदूरपश्चिमको पहाडी जिल्लाका स्थानियबासी हरुले नयाँ बर्षको पहिलो दिन धुम धामका साथ बिसु पर्ब मनाएका छन् ।

पहाडी जिल्ला डडेल्धुरा, बैतडी,दार्चुला,बझाङ्ग,अछाम,बाजुरा तथा डोटीका स्थानियबासी हरु आ आफनो जिल्लामा नयाँ बर्षको पहिलो दिन बिहानै देखी सिस्नु लगाउदै बिसौ पर्ब मनाए । बिषेशगरी नयाँ वर्षका दिनभर देवर भाउजुले एक अर्का लाई तथा सालीले भेना तथा भेनाले साली लाई सिस्नु पानी लगाउने तथा बेलुकी करिब ५ बजेपछि सबै जना एकै ठाउमा भेला भई डेउडा खेल्ने तथा रमाईलो गरिने चलन लाई बिसु पर्ब मनाउने भनिन्छ ।

बैसाक १ गतेका दिन सबैले सिस्नु पानी लगाए बर्ष भरी कुनै रोग बिराम नहुने कथन अनुसार एक आपसमा सिस्नु दल्ने चलन रहेको दिपायल गैराका ६२ बर्षिय राम बिकले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्