कञ्चनजंघामा महिला पाइला पर्दै



रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघामा यही सिजन भित्र तेपाली तीन महिलाको पाइला पर्ने भएको छ । ‘थ्री वुमेन, थ्री टप’ नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणको लागि यात्रा सुरु गरीसकेका छन् ।

उनिहरुको टोलि शनिवार हिमाल रहेको जिल्ला ताप्लेजुङ आईपुगेको छ । आरोहणमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्लामु शेर्पा तथा दोलखाकी दावा याङजोम शेर्पा सहितको टोलि रहेको छ ।

उनिहरुले ताप्लेजुङको याम्फुदिन तर्फको मार्गबाट कंञ्चनजंघा बेसक्याम्प प्रबेश गर्ने बताईएको छ । जलवायु परिवर्तन न्यूनीकरणको सन्देश बोकेर अप्रिल ७ तारिख अर्थात चैत २५ गते काठमाडौंबाट हिडेका उनिहरु शनिवार दिउँसो ताप्लेजुङ आईपुगेका हुन् ।

उनिहरुको टोलिलाई होटल व्यवसायि संघ ताप्लेजुङका अध्यक्ष सहित प्रतिनिधिले खदा लगाई सम्मान सहित आरोहण सफलताको सुभकामना समेत दिएका छन् । संघका अध्यक्ष दिनेश खबास, सल्लाहकार सुरेस लिम्बु सहित सञ्चारकर्मिको टोलिले पाँचथरको गणेशचोक पुगेर लामो समय पछि कञ्चनजंघामा मानप पाईला राख्ने साहस गरेको भन्दै सम्मान सहित शुभकामना दिएको हो ।

आरोहण टोलि पाँचथरको गणेशचोक, थर्पु, हप्पुखोला, खेवाङ, याम्फुदिन हुँदै कंञ्चनजंघा आधारसिविर तर्फ जाने बताईएको छ । २००७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो हिम शिखर माउन्ट केटुको आरोहण गरिसकेको उक्त समूहले विश्वको तेस्रो अग्लो हिमाल आरोहण गर्न लागेको हो । उनिहरुको टोलिमा भारतिय, चाईनिज, स्पेनिस लगायतको टोलि समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्