समव्यवहार



भारत गएका बेलामा प्रधानमन्त्री पत्नी सीता म्याडमले भेटघाटका क्रममा हात बाँधेर बसेको भनेर धेरैले आलोचना गरेको धरहरालाई राम्रैसँग याद छ। त्यति बेला मान्छेले के के न भयो भनेजस्तो नगरेका पनि होइनन्। अहिले उहाँ चीन भ्रमणमा जानुभएको छ।

चीन भ्रमणमा पनि उहाँले त्यस्तै गर्नुभएको छ। नपत्याए प्रस्तुत तस्वीरलाई हेरियोस्। त्यसैले प्रधानमन्त्रीका तर्फबाट पत्नि सीतालाई हात बाँध्न लगाएर दुवै छिमेकीसँग समव्यवहार गरिएको यसले प्रस्ट पारेको छ। कुरा ठीकै पनि हो। कुनै छिमेकीतिर ढल्केर कुनैसँग चाहिँ अर्कै व्यवहार गर्न पनि भएन। दुवैसँग हात बाँधेर एउटै व्यवहार गरिएपछि कोही छ कुरा काट्ने ? कि कसो पाठकवृन्द ?? मुलुकको प्रधानमन्त्रीलाई जहिले गाली गर्नु त भएन नि होऊ। सीता म्याडमले चीनबाट दिएको जवाफले यो धरहरालाई पनि घत लागेको छ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्