प्रहरीको नयाँ धन्दा



समाजमा शान्ति सुरक्षा कायम गर्ने खटिने प्रहरी बेला–बेलामा राम्रो कामले चर्चामा पुग्छ त। कहिलेकाहीं प्रहरीले लिने नीतिले विवादिन बन्ने गर्छ। प्रहरीले कुनै पनि अपराधीलाई पक्राउ गर्दा ठूलो हल्लाखल्ला गरेर नाम सार्वजनिक गरेर फुर्ती गर्दैन। काम गर्नेले गफ गर्दैन। प्रहरीको अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि कुनै हल्ला हुँदैनथ्यो तेल चोर, बिजुली चोर, समाजमा दादागिरी देखाउन टोले गुन्डादेखि दादागिरी देखाउनेलाई ठाउँको ठाउँमा तह लगाएको दृष्टान्त धरहराले देख्दै आएको छ।

हात्तीभन्दा हल्ला ठूलो भनेझैं अहिले प्रहरीले १ सय ६१ गुन्डाको नाम सार्वजनिक गरेको छ। प्रहरीको यो नयाँ धन्दालाई चाहिँ मान्नुपर्छ। किनकि यति नाम सार्वजनिक गरेपछि मोटो बिटा लिएर गुन्डाहरू घरसम्मै पुर्याउन आउने भएको धरहराले अनुमान गरेको छ। पहिला नै नाम सार्वजनिक गरेर गुन्डा पक्राउ गर्छु भन्नु र साइरन बजाएर चोर पक्राउ गर्न हिँडेको जस्तै हो। धरहरा यसो सोच्छ, ए गाँठे हो प्रहरीको सुरक्षा नीति सार्वजनिक गर्ने हो कि आफ्नो नीतिअनुसार समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने हो ?

प्रतिक्रिया दिनुहोस्