किम जोङ नामका छोराको भिडियो सार्वजनिक



सोल, (एजेन्सी)
मलेसियामा हत्या भएका उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामका छोरोको एउटा भिडियो सार्वजनिक भएको छ। सेन्सर गरिएको छोटो भिडियो क्लिपमा उनले भनेका छन्– ‘मेरो नाम किम हान सोल हो। म उत्तर कोरियाको किम परिवारका सदस्य हुँ। उनले आफू आफ्नी आमा र बहिनीसँग रहेको बताए पनि स्थान र मितिबारे केही पनि उल्लेख गरेका छैनन्। उक्त हत्याकाण्डपछि किम परिवारको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो।

गत १३ फेब्रुअरीमा क्वालालम्पुर विमानस्थलमा आक्रमणकारीहरूले अनुहारमा भिएक्स नर्भ एजेन्ट छ्यापेपछि किम नामको मृत्यु भएको थियो। दक्षिण कोरियाको एकीकरण मन्त्रालय र राष्ट्रिय गुप्तचर सेवाका अधिकारीहरूले भिडियोमा देखिएका व्यक्ति किमहान सोल नै भएको पुष्टि गरेका छन्।

आफ्नो पिता निर्वासित भए यता २१ वर्षीय उमेरका हुनुपर्ने विश्वास गरिएका हान–सोल मकाउ र चीनमा हुर्केका हुन्। उनले आफनो पिताको हत्या भएको दाबी गरेका छन्। साथै उनले अहिलेसम्म आफ्नो काका तथा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट नभएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्