तुम्बापो समाजको सहयोगले आशाले पाइन् नयाँ जीवन



गणेश साम्पाङ,पाँचथर

मृत्यु शैयाबाट केही समय अघि उठेकी पाँचथर फिदिम ८ की आशा तुम्बापो लिम्बुले उनको जीवन बचाउ अभियानको पत्रकार सम्मेलनमा नगद ग्रहण गरी रहन्दा निकै भावुक देखिन थिइन ।

आर्थिक अबस्था निकै कम्जोर रहेको आशालाई जब झापाको चन्द्रगडी स्थित ओमसाई पाथिभरा हस्पीटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि भर्ना भइन अनिमात्र उनलाई थाहा भयो उनको समस्या जटिल हो भन्ने ।

मलाई केही बर्ष अघि देखि बेला बेलामा तल्लो पेट दुख्थ्यो जिल्ला अस्पताल फिदिममा गएँ समस्या सामान्य हो भनेर औषधि दिए । यो क्रम एक बर्ष सम्म चल्यो कहिले काही भने सहन नसक्ने गरी पेट दुख्थ्यो गाउँमा एस एल सी परिक्षा पास गरेर पढ्न गत कार्तिक महिनामा चन्द्रगढी बडाबाबुको घर गए पछि अस्पताल जादाँ मात्र थाहा भयो मेरो रोगको उपचार गर्न ६÷७ लाख लाग्छ भन्दा म छागाबाट खसे जस्तो लाग्यो उनले भनिन ।

एपेण्डीसाइड,टयूमर, आन्द्रा कुहिएको लगायत ३ वटा अप्रेसन गर्नु पर्ने र त्यस्को लागि ६÷७ लाख खर्च हुने अस्पतालले रिर्पोट दियो । बिपन्न परिवारकी आशाालाई बचाउन हामीले हाम्रो तुम्बापो समाज मार्फत आशा तुम्बापो बचाउ अभियान चाल्यौं । दूई महिनामा सात लाख ३० हजार भन्दा बढी रकम संकलन गर्न सफल भयौं आशाको जीवन बचाउन सफल भयौं । आशा बचाउ अभियान्ता सुबाष तुम्बापो भन्नु हुन्छ ।

सो अभियानमा शुरु गरे पछि तुम्बापो समाज कोरियाबाट दुई लाख ७७ हजार, मलेशियाबाट एक लाख नौ हजार सात सय ६९ रुपौंया, युके बाट एक लाख एक हजार चार सय ८०, कतारबाट ७८ हजार एक सय १० सहित सात लाख ३० हजार तीन सय ४१ रुपैंया संकलन भएको तुम्बापो समाजका केन्द्रिय अध्यक्ष यामकुमार तुम्बापो बताउनु हुन्छ ।

उनको आर्थिक अबस्था नाजुक थियो । चन्दा संकलन नगरी उनको जीवन बचाउन सकिन्दैन थियो त्यही भएर हामी लागि प¥यौं अन्त्यमा हामी सफल भयौं अर्का अभियान्ता निरन्ती तुम्बापो बताउनु हुन्छ । उनको उपचारार्थ संकलन गरिएको रकमले उनको उपचार सफल भयो अहिले उनको नाममा दुई लाख बैंकमा बचत गरिएको छ जुन रकमले उनको अप्रेसन पछि आउन सक्ने समस्याका लागि खर्च गरिने छ र खर्च नभए सो रकम पढाईका लागि खच गर्ने निरन्ति तुम्बापो बताउनु हुन्छ ।

मलाई छोटो अवधिमै मेरो बंश र अन्य सहयोगी मनहरुले बचाउनु भयो यतिका रकम संकलन नभएको भए म सायद बाँच्न सक्ने थिइन । मेरो जीवन बचाउन सहयोग गर्नु हुने बंशज इष्टमित्र तुम्बापो समाज लगायत सबै महानुभावहरुको सहयोग जीवन भर भुल्ने छुइन आशा तुम्बापो बताउनु हुन्छ ।

हाल भापाको बिरेन्द्रमावि कक्षा ११ मा अध्यनरत आशाको गत पुस २ गते भापाको चन्द्रगढी स्थित ओमसाई पाथिभरा हस्पीटल एण्ड रिसर्च सेन्टरमा पहिलो पटक एपेन्डीसाइड, टयूमर र आन्द्रा कुहिएको गरी ३ वटा सफल अप्रेसन गरिएको थियो । अप्रेसन पछि अहिले उनको अबस्था सामान्य भए पनि बेला बेलामा चेक अफका लागि अस्पताल धाइ रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्