‘आफ्नो देश फर्क भन्दै अमेरिकामा सिखलाई गोली हानियो



सियटल,(एजेन्सी)
अमेरिकी प्रहरीले एकजना भारतिय मुलका सिखको पाखुरामा गोली हान्दै ‘ तिमी आफ्नै देशमा फर्क ’ भन्ने एक व्यक्तिको व्यापक खोजि गरिरहेको छ । ति ३९ वर्षिय पिडितले स्थानिय समय अनुसार शुक्रवार साँझ करिव आठ बजे आफ्नो ड्राइभवेमा काम गरिरहेकोबेला ति अपरिचित व्यक्तिले आफु माथि आक्रमण गरेको सियटल टाइम्सलाई बताएका छन् ।

उनले केहि क्षणको भनाभन पछि देश फर्कने धम्की दिँदै आफुमाथि अचान गोली हानेर ति व्यक्ति भागेको बताएका छन् ।

उनले करिव छ फिट अग्लो , गठिलो शरिरका ति गोरा व्यक्तिले अनुहारको तल्लो आधा भाग मास्कले छोपेको पनि टाइम्सलाई बताएका छन् ।

सियटलको उपनगर केन्टको प्रहरीले यस घटनाबारे संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) अन्य कानुन कार्यान्वयन निकायहरुलाई यस घ टनाबारे जानकारी गराइ सकेको बताएको छ । प्रहरी आयुक्त केन थोमसले शनिवार एउटा स्थानिय टेलिभिजनालाई भनेका छन् , ‘ हामी यसको अनुसन्धानको प्रारम्भिक चरणमा छौं । हामीले यस घटनालाई निकै गम्भीर ढंगले लिएका छौं ।
नजिकैको उपनगर रेन्टनका सिख समुदायका नेता जस्मित सिंहले पिडित व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् । सिंहले टाइम्सलाई भनेका छन् , ‘ ति पिडित युवक र उनको परिवार यस घटनाको कारण निकै त्रसित रहेका छन् ।

यस घटनालाई जातिय घृणाको रुपमा लिन सकिन्छ । ’ विगतमा पनि अन्तर्राष्ट्रिय लडाकु समुह अल कायदाका नेता ओसामा विन लादेन लगायत केहि आतंककारी लडाकुहरुले पगरी लगाउने गरेकाले भ्रम र त्रुटिपुर्ण तुलनाको कारण संयुक्त राज्य अमेरिकामा सिखहरु माथि आक्रमण हुने गर्दथ्यो ।

सन् २००१ को ११ सेप्टेम्वरमा अलकायदाको निर्देशनमा अमेरिकाका विभिन्न स्थानमा भएका आतंककारी तथा आत्मघाती आक्रमणको कारण मुश्लिम र सिखहरु समेत आक्रमणका तारो बनेका थिए । केहि साता अघिमात्र कान्सासको एउटा बारमा श्रीनिवास कुचिभोत्ला नामक एक भारतिय युवकलाइृ गोली हानी मारेको अभियोगमा एडम पुरिन्तोम नामक व्यक्तिलाई गिरफतार गरिएको थियो ।
नव निर्वाचित राष्ट्रपतिले आप्रवासीहरुलाई अमेरिकाबाट विस्थापित गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्