मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत पूरा



नेपाल समाचारपत्र
लमजुङ
ध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत गरिएको छ। नियमित मर्मतकार्य गरिएपछि आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन थालेको छ।

मध्यमस्र्याङ्दी जलविद्युत् केन्दं्रको कुल क्षमता ७० मेगावाट रहेको छ। नियमति मर्मत कार्यअनुरूप एक नम्बर टर्वाइनको मर्मत कार्य सकिएको छ। अब दुवै युनिटबाट विद्युत् उत्पादन हुन्छ केन्द्रका प्रमुख पशुपति गौतमले भन्नुभयो। उहाँका अनुसार आयोजनाको इन्टेल भल्व, प्रेसर रिलिज पाइप, विकेट गेट, स्पाइरल केसिङ, टर्वाइन मर्मत लगायत पावरहाउसमा जडित उपकरणको समेत मर्मत गरिएको छ। यसअघि युनिट दुईबाट मात्र विद्युत् उत्पादन भएको थियो।

बाँधस्थल, इन्टेकमा रहेको सर्फिङ गेटलगायतका क्षेत्रमा मर्मतका लागि नेपाल विद्युत प्राधिकरणसँग सट डाउन (उत्पादन बन्द) माग गरिएको केन्द्र प्रमुख गौतमले बताउनुभयो। उहाँका अनुसार प्राधिकरणसँग ११ दिनको सट डाउन माग गरिएको बताउनुभयो। ‘पुरै मर्मत गर्न २२ दिनको समय लाग्छ। गौतमले जानकारी दिनुभयो, चौविसै घण्टा काम गरी मर्मतलाई छिटो सम्पन्न गर्न ११ दिनको समय मागेका छौं। दिउँसोको समयमा सरदर ३१ मेगावाट मात्र विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ। पिक आवर (साँझ विहान) को समयमा ४५ मेगावाटसम्म विद्युत् उत्पादन भएको केन्द्र प्रमुख गौतमले बताउनुभयो।

विगत ६ वर्षको तथ्यांक हेर्दा मध्यमस्र्याङदी आयोजनाले वार्षिक एक करोड मर्मतमा खर्च गरिरहेको देखिन्छ। यसको प्रमुख कारण आयोजनाको बाँधस्थलमा बढी मात्रामा ढुंगामाटो र बालुवा थेग्रिँदा आयोजनाको टर्वाइनलगायतका मेसिनमा धक्का पुग्ने गरेको आयोजनाका प्राविधिकको भनाइ छ। उनीहरूका अनुसार नागबेली रूपमा बगेको मस्र्याङ्दी नदीको सिधा स्थानमा नभई घुमेको स्थानमा बाँध बाँधिएकाले बाँधस्थलमा अत्याधिक बालुवा भरिने गरको हो। आयोजनाको बाँधक्षेत्रमा जमेको अत्याधिक बालुवाका कारण मध्यमस्र्याङ्दीको टर्वाइनदेखि लिएर अन्य संरचनामा धक्का पुग्ने गरेको छ।

‘लोडसेडिङ अन्त्य, उज्यालो अभियान, नजिकिँदो एसएलसीले गर्दा सट डाउनको अनुमति नपाएकों। गौतमले बताउनुभयो। उहाँका अनुसार अनुमति नपाएमा पनि तत्काल समस्या आउँदैन। बाहिर हल्ला गरिएजस्तो आयोजनामा गम्भिर प्रकारको समस्या नरहेको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो–‘देशमा रहेका १९ आयोजनामध्ये मध्यमस्र्याङ्दी तन्दरुस्त आयोजनामा पर्छ। अहिले समय नपाए अर्को वर्ष मर्मत गर्दा पनि फरक पर्दैन। प्रत्येक वर्ष सफा गर्दा पनि बाँधस्थलमा ५ हजार ‘पीपीएम बालुवा हुनुपर्नेमा २०⁄२१ हजार ‘पीपीएम सम्म पुग्ने गरेको प्राविधिकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्