ओबामाद्वारा ट्रम्पको आरोपको खन्डन



वासिंगटन (एजेन्सी)
राष्टपति डोनाल्ड ट्रम्पले आफ्नो फोन ट्याप गरेको अमेरिकी पुर्व राष्टपति बाराक ओबामामाथि लगाएको आरोपलाई ओबामाले खन्डन गरेको छ । ट्रम्पले गत बर्ष राष्टपति चुनावमा उनको जित अगाडी ओबामा नेतृत्वको प्रशासनले ट्रम्प टावरको फोनकल ट्याप गरेको आरोप लगाएका थिए ।

ओबामाका प्रवक्र केविन लुइसले भने– नत ओबामा नत ह्वाइट हाउसका कुनै अधिकारलै कुनै अमेरिकी नागरिकको जासुसी गर्न आदेश दिएका थियो । उनले ओबामा प्रशासन माथि लगाइएको आरोप झुठो भएको बताए । ट्रम्पले आफनो आरोपलाई लिएर कुनै प्रमाण भने दिएको छैन तर उनले ट्विटमा त्यसलाई डरलाग्दो संज्ञा दिएको छ । उनले कुनै पनि राष्टपतिले यसतो कार्य गर्न सक्छ, भन्ने प्रश्न गरेका थिए ।

ट्रम्पले ट्विटमा भने– डरलाग्दो, अहिले मात्र थाहा पाएँकी ओबामाले मैले चुनाव जित्नु ठिक अगाडी ट्रम्प टावरमा मेरो फोनको ट्याप गराएका थिए । केहि पनि पाएनन् ।

उनले एउटा अदालतले फोन ट्याप गर्न अनुमति दिन अस्विकार गरेको पनि बताए । तर त्यो कुन अदालतबाट भएको भन्ने विषयमा ट्रम्पले उल्लेख गरेको छैन ।

हालै मात्र सन्चारमाध्यममा गत बर्ष अमेरिकी जाँच एजेन्सी एफबीआइले ट्रम्पको टोलीका सदस्यहरुमाथि निगरानी राख्नका लागि वारेन्ट लिने प्रयास गरेका थिए । एफबीआइले उनको टोलीका केहि सदस्य रुससँग नियमित सम्बन्ध बनाइरहेको आसंका गरेका थिए ।

यसअघि पुर्व राष्टपतिका सल्लाहकार बेन रोड्सले ट्विटमा कुनै पनि राष्टपति फोन ट्याप गर्ने सम्बन्धमा आदेश दिन नसक्ने उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्