उपराष्ट्रपति सिकिस्त



काठमाडौं, (नेस)
उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल भर्ना हुनभएको छ। अस्वस्थ भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो। उपराष्ट्रपति पुनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राति पुनलाई नर्भिक भर्ना गरिएको थियो। रिंगटासँगै तारन्तार बान्ता भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो। पुनको रगतमा सोडियमको मात्रा कमी देखिएको छ भने अहिले अवस्था सुधारोन्मुख रहेको पुनका निजी चिकित्सक शिवजी सिलवालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्