छक्कापन्जा पाइरेसी गर्नेद्वारा आत्महत्या



काठमाडौं, २९ पुस ।
सामाजिक सञ्जालमा चलचित्र छक्कापन्जा लिक गर्ने श्रीकृष्ण सुवेदीले आत्महत्या गरेका छन्। चितवनका सुवेदीले काठमाडौं महानगरपालिका ९ बिजयचोकमा भाडामा बस्दै आएका थिए ।

गौशाला प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका थिए ।

उनको शव अहिले परिवारलाई बुझाइसकेको र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई प्रहरीले लिक गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिखमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्