व्यस्त सडक छेउ बस्नेहरूले स्मरण शक्ति गुमाउँछन्



मोन्ट्रियल, (एजेन्सी)

हेल्थ जर्नल लान्सेटमा हालै प्रकाशित एक अनुसन्धान प्रतिवेदनमा व्यस्त सडकहरू नजिक बसोबास गर्ने व्यक्तिहरूलाई अन्यको तुलनामा स्मरण शक्ति हराउने डिमेन्सिया हुने सम्भावना निकै धेरै रहेको जनाइएको छ। उक्त अध्ययनले प्रमुख मार्ग नजिकको ट्राफिकभन्दा ५० मिटरको दूरीमा बस्ने ११ प्रतिशत मानिसलाई यो समस्या रहेको देखिएको बताइएको छ।

क्यानाडामा सडकभन्दा केवल २ मिटर मात्र पर बस्नेहरूमाथि झन्डै ११ वर्ष अध्ययन गरेका अनुसनधानकर्ताले सवारी साधनबाट हुने वायु तथा ध्वनि प्रदूषणको कारण मानव मस्तिष्क नाजुक हुँदै गएको हुनुपर्ने बताएका छन्। संयुक्त अधिराज्यका स्मरण रोग विशेषज्ञहरूले यो तथ्य तर्कपूर्ण रहेको तर थप अनुसन्धान आवशयक रहेको बताएका छन्। विश्वका करिब ५ करोड मानिस डिमेन्सिया पीडित रहेका छन्। तर अझैसम्म पनि यस रोगको कारण भने बुझ्न सकिएको छैन।

लान्सेटले सन् २००१ देखि २०१२ सम्म क्यानाडाको ओन्तारियो प्रान्तमा झन्डै २ करोड मानिसमाथि अध्ययन गराएको थियो। सो अवधिभित्र २ लाख ४३ हजार ६ सय ११ वटा डिमेन्सियाको मस्या फेला परेको थियो। तिनीहरूमध्ये अधिकांश सडक छेउछाउमा बस्ने गरेको पाइएको थियो। अनुसनधानकर्ताले गरिबी, मोटोपना, शैक्षिक स्तर र धूमपान पनि यस रोगको कारण हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्