फ्लोरिडाको विमानस्थलमा आक्रमण, पाँचजनाको मृत्यु



फ्लोरिडा (एजेन्सी)
अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल विमानस्थलमा एकजना बन्दुकधारीले पाँचजनाको हत्या गरेको छ । उक्त आक्रमणमा ८ जना घाइते भएका छन् ।

संदिग्ध आक्रमणकारी इराक युद्धमा भाग लिएका पुर्व सैनिक २६ बर्षिय एस्तेबान सेन्टियागो भएको बताइएको छ । प्रहरीले उनलाई हिरासतमा लिएको छ । आक्रमणको उद्देस्य अहिलेसम्म स्पष्ट नभइसकेको तर अधिकारीहरुले घटनामा उनी एक्लै भएको बताएका छन् । अमेरिकी सन्चारमाध्यमहरुले सम्भवत उनी मानसिक रुपमा अस्थिर रहेको अनुमान गरेका छन् ।

उनले सरकारले उनको दिमागमाथि नियन्त्रण गरिरहेको र उनलाई जिहादी भिडियो हेर्नका लागि बाध्य बनाइरहेको बताएको जनाइएको छ । विमानस्थलको प्रशासनले उक्त घटना २ नम्बरको टर्मिनलमा सामान लिने स्थानमा भएको जानकारी दिएको छ ।

आक्रमणकारीले स्टारवार्स टिसर्ट लगाएको गोली प्रहार गरिरहँदा उनले केहि नबोलेको प्रत्यक्षदर्शीहरुले बताए । टर्मिनको बाहिर सडकमा सयौंको भिड रहेको र घटना लगत्तै प्रहरीको दर्जनौं गाडी तथा एम्बुलेन्स घटनास्थलमा पुगेको बताइएको छ । आक्रमणकारीले आफुसँग गोली सिद्धिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरको प्रत्यक्षदर्शीले बताए । आक्रमणकारी यात्रुका रुपमा विमानस्थल भित्र छिरेको र जाँचका क्रममा उनको बन्दुकमा गोली नभएको अधिकारीहरुले बताए । गोली उनको झोलामा भएको र झोला पाएपछि बाथरुममा गएर गोली भरेका थिए ।

अमेरिकामा खाली र लक्ड बन्दुक लिएर उडान भर्नु गैरकानुनी मानिन्दैन । ट्रान्सपोर्ट सुरक्षा प्रशान कानुन अनुसार बन्दुकको हार्ड साइडेड कन्टेनरको मात्र जाँच गर्ने चलन छ । जाँच गरिएको सामानमा पनि गोलाबारुद राख्न पाउने अनुमति हुन्छ ।

घटनाको मोबाइल फुटेजमा घाइतेहरु भुईमा लडेको अवस्थामा रहेको र उनीहरुको सहयोगमा पुगेकाहरु मेडिकल सहयोगका लागि गुहारिरहेको देखिन्ँथ्यो । ‘बन्दुकधारीलाई बिना कुनै फायरिंग पक्राउ गरियो । उनी एक्लैले नै उक्त आक्रमण गरेको जस्तो देखिन्छ‘ सुरक्षाकर्मी स्कट इसराइलले बताए ।

संघिय उद्दयन निकायले सुचना जारी गर्दै विमानस्थमा उडान आवागमन माथि रोक लगाएको जानकारी दिएको छ । अमेरिकाका नवनिर्वाचित राष्टपति डोनाल्ड ट्रम्पले ट्विटमा उक्त भयावह स्थितिमा निगरानी गरिरहेको बताएका छन् । ग्रेटर मियामी इलाबा स्थित फोर्ट लाउडरडेल एउटा ठुलो पर्यटकिय केन्द्र हो । यहाँ ८० हजार देखि १ लाख यात्री प्रत्यक दिन आउने जाने गर्छन् । त्यसको नजिकैको मायामी इन्टरनेसनल विमानस्थलमा सुरक्षा ब्यवस्था थप कडा पार्न निदेशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्