बिल्बाओद्वारा बार्सिलोना पराजित



लन्डन, (एजेन्सी)
स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ।

खेलको ८०औं मिनेटपछि ९ खेलाडीमा सीमित बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको हो। खेलको ७४औं मिनेटमा राउल गार्सिया र ८०औं मिनेटमा इतुरास्पे देर्तेआनोले दोहोरो पहेंलो कार्ड देखेपछि बिल्बाओ खेलको अन्तिम १० मिनेटमा १० खेलाडीमा समेटिएको थियो। घरेलु मैदानमा भएको खेलमा बिल्बाओले खेलको २५औं मिनेटमा एडुरिजको गोलबाट अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै विलियम्सले टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा असन्तुलित खेल पस्केको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्यो। जस अनुरूप खेलको ५२औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। तर खेलको अन्तिम समयसम्म बिल्बाओका दुई खेलाडी कम भए पनि थप गोल गर्न नसकेपछि बार्सिलोनाले हार टार्न सकेन।

प्रतिक्रिया दिनुहोस्