काउटिन्होलाई साम्बा गोल्ड अवार्ड



लन्डन, (एजेन्सी)
नेयमारलाई पछि पार्दै लिभरपुलका फिलिप काउटिन्होले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलरलाई दिइने साम्बा गोल्ड अवार्ड जितेका छन् ।

२४ वर्षीय काउटिन्होले चर्चित खेलाडी नेयमार र कासिमेरोलाई पछि पार्दै साम्बा गोल्ड अवार्ड जितेका हुन् । नेयमार भने दोस्रो स्थानमा रहे । योसंगै नेयेमारले उक्त अवार्ड ह्याट्रिक गर्नबाट चुके ।

युरोपका खेल पत्रकार, वर्तमान तथा पूर्व फुटबलर र समर्थकहरुको मतको आधारमा लिभरपुलका अट्याकिङ मिडफिल्डर काउटिन्होले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । उनले कुल ३२.१ प्रतिशत मत पाए । दोस्रो स्थानको नेयमारले २७.८८ प्रतिशत मत प्राप्त गरेका थिए । मतको आधारमा कासिमेरो तेस्रो, मार्सेलो चौथो र रोबर्टो फिर्मिन्हो पाँचौं स्थानमा रहे । कुर्कुच्चाको चोटका कारण विश्राममा रहेका काउटिन्होले यस सिजन लिभरपुलका तर्फबाट १३ गोल गरिसकेका छन् । सन् २००८ बाट प्रदान गर्न थालिएको उक्त अवार्ड अहिलेसम्म ब्राजिलका काका, लुइस फाबियानो, माइकोन, थियागो सिल्भा र नेयमारले जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्