नेपाल बंगलादेश बैंकको शाखा खलंगामा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा रुकुम जिल्लाको मुसिकोटस्थित खलंगामा ३८औं शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक दीपक कार्कीको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले गर्नुभएको बैंकले जनाएको छ।

कार्यक्रममा नेपाली सेना रुकुम गणका सहायक गणपति शैलेन्द्र श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय प्रमुख अंगुर जिसीको पनि उपस्थिति थियो। साथै कार्यक्रममा मुसिकोट शाखा प्रमुख क्रान्तिकुमार सापकोटाले बैंकका सेवाको बारेमा जानकारी दिनुभएको थियो। मुसिकोट शाखासहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ सुविधा दिंँदै आएको छ।

आव २०७३⁄७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप ३९ दशमलव ६० अर्ब, कुल कर्जा ३४ दशमलव २७ अर्ब रुपियाँ रहेको जनाएको छ। साथै सोही अवधिमा बैंकको खुद नाफा २२ दशमलव ५० करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्