गोसाईकुण्डमा स्की खेल सम्पन्न



रसुवा, १३ पुस । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल९हिउँमा खेलिने० आज सम्पन्न भएको छ ।

हिमालयन स्की खेल प्रालिका कार्यकारी निर्देशक ललितबहादुर श्रीसका अनुसार समुदायमा आधारित पर्यटन प्रवद्र्धनको विकासमा मद्दत पु¥याउने अभिप्रायले महोत्सवको आयोजना गरी गोसाइँकुण्ड र सूर्यकुण्ड इलाका क्षेत्रमा स्की खेल कार्यक्रम सम्पन्न गरिएको हो । खेलमा ५० स्वदेशी तथा २५ विदेशी (अमेरिका, बेलायत, चिली, अस्ट्रिया, जर्मनी, स्विडेन र फ्रान्स) समेतका नागरिक सहभागी भएको बताइएको छ ।

यही पुस ३ गतेदेखि सुरु भएको स्की खेलका क्रममा गत आइतबार हिमाली क्षेत्रमा परेको हिमपातले खेलाडीमा थप उत्साह बढेको थियो । प्रालिका कार्यकारी निर्देशक श्रीसले पाँच वर्षअघिदेखि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आलोपालो रुपमा खेल सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्