राष्ट्रपति पार्कको राजीनामा मागियो



सोल, (एजेन्सी)
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन ह्येलाई तत्काल सत्ताबाट हटाउने माग गर्दै लाखौं व्यक्तिले आइतबार राजधानी सोलमा प्रदर्शन गरेका छन्। तिनीहरूमध्ये अधिकांशले सान्ताक्लसको पोसाक लगाएका थिए।

विगत नौ महिनादेखि पार्कविरुद्ध यस्तो विशाल विरोध र्याली आयोजना हुँदै आएको छ। पार्कलाई महाअभियोग लगाउन उनीविरुद्ध संसद्मा मतदान भइसकेको छ। अब सो महाअभियोग सदर गर्ने जिम्मेवारी संवैधानिक अदलतको रहेको छ। प्रदर्शनकारीले भने उनले तत्कालै राजीनामा दिनुपर्ने माग अघि सारेका छन्।

यस प्रदर्शनका आयोजकहरूले ५ लाख ५० हजारभन्दा बढी व्यक्ति सम्मिलित सो र्याली राष्ट्रपति भवन ब्ल्यु हाउस, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक अदालततर्फ बढेको बताएका छन्। सो भीडले पार्कको गिरफ्तारीको माग गर्दै पार्कलाई व्यंग गर्दै क्रिसमस गीतहरूको बोल बिगारेर गाएका थिए। यसै गरी पार्कविरुद्धको भ्रष्टाचार अभियोगमाथि छानविन गर्दै आएका एक जना विशेष वकिलले आइतबार राष्ट्रपति कार्यालयमा छापा मार्नेबारे सोचिरहेको बताएका छन्। पार्ककी घनिष्ठ मित्र चोइ सुन सिलले उनको शक्ति दुरुपयोग गरेर आर्थिक अनियमितता गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्