चकलेटका कलाकृति



चान्गचुन, (एजेन्सी) चकलेटबाट विभिन्न कलाकृति निर्माण गर्न खप्पिस एकजना फ्रेन्च कलाकारले चीनमा आयोजत एक प्रदर्शनीमा आफ्ना त्यस्ता सात सयवटा अद्भूत कला प्रदर्शन गरेका छन्।

चीनको जिलिन प्रान्तको चान्गचुनमा आयाजित तथा भिडियोसमेत बनाइएको यस प्रदर्शनीको नाम स्विट होलिडे, निकोलेज चकलेट राखिएको छ। प्रदर्शनीमा निकाले पोपोभका चकलेटमा आधारित पेन्टिङ र मूर्तिहरू राखिएका थिए।
चकलेटबाटै विश्व प्रसिद्ध पेरिसको आइफल टावर, चीनको टेर्राकोटा योद्धा, भाँडाकुँडा र सांगीतिक उपकरणहरू बनाइएका छन्। पोपोभले विश्वका ५० वटा भन्दा बढी शहरमा आफ्ना अद्भूत कलाकृतिको प्रदर्शन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्