दोस्रो अष्ट्रेलिया न्युजिल्याण्ड मेला



अष्ट्रेलिया तथा न्युजिल्याण्ड अध्ययनका लागि दोश्रो इक्यान अष्ट्रेलिया न्युजिल्याण्ड एजुकेशनल फेयर २०१६ आयोजना गरिएको छ। उक्त शैक्षिक मेलाको उद्धाटन व्रिटिस काउन्सिलका कन्ट्रि एक्जाम मेनेजर जिम ओनिलले गर्नु भएको थियो । ओनिलले ईक्यानले नेपाली विद्यार्थीहरूलाई लक्षित गरि यस्ता प्रकारका मेला आयोजना गर्नुले विद्यार्थीहरूलाई सहि गन्तब्य छनौट गर्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो। उहाले ब्रिटिस काउन्सिल ले विगत ६ दशकदेखि नेपालको शिक्षा क्षेत्रमा कार्य गरिरहेको जानकारी गराउनु भयो। त्यस्तै नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले यो मेलामा २६ कम्पनि प्रतिनिधि, विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा सहभागिता रहेको र यस शैक्षिक मेलाबाट करिब ३ हजार विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने जानकारी गराउनु भयो।

हिजो आइतबार सम्पन्न मेलाको मुख्य साझेदारी को रूपमा ब्रिटिस काउन्सिल रहेको छ। मेलाको ओलि एण्ड एसोसियटस प्रालिले टाइटल स्पोन्सर, नेपकमस सर्भिसेज प्रालिले इन एसोसियसन, एजुकेशन पार्क प्रालिले मुख्य प्रायोजक , एब्रोड ईन्टरनेशनल प्वाईन्ट प्रालिको सपोर्टमा मेला आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्