विरोधबाट बच्ने आइडिया



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड⁄ ले हरेक मान्छेलाई फकाउन सधैंजसो नयाँ फर्मुला प्रयोग गर्ने गरेका छन्। उनले आफू सधैं सहमति र सहकार्यको पक्षमा रहेको बताउन छाडेका छैनन्। सरकारले केही निर्णय गर्छ जनस्तरबाट तीव्र विरोध आउँछ अनि प्रधानमन्त्री भन्छन् यो निर्णय मैले गरेको होइन अरूले नै गरेकाले आफूले कार्यान्वयन मात्रै गरेको भन्दै विरोधबाट बच्ने आइडिया निकालिहाल्छन्।

प्रचण्ड कामरेड न परे १० वर्षसम्म जनतालाई गुलियो सपना खाएर युद्ध गरेका पो हुन् त। १० वर्षमा १९ हजार मान्छे मर्दा त कुनै पश्चातापमा नपरेका प्रचण्ड अहिले भएको विरोधले के लछारपाटो लगाउँथ्यो र ? हुन पनि उनीजस्ता राजनेता मुलुकमा अहिलेसम्म जन्मेका छैनन्।

आफू सधैं राम्रो अरू नराम्रो भन्ने गरेका प्रधानमन्त्री कामरेडको आइडिया त राम्रै हो तर पत्याउने मान्छे नभएपछि कस्को के लाग्छ र भन्या। सधैं झुक्याउन सकिँदैन नि प्रचण्ड कमरेड । कि कसो त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्