मंगलग्रहमा टहल्दै गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोबटले आफ्नै हिस्सा देखिनेगरी खिचेको ‘सेल्फी’ तस्वीर।
दोस्रो कार्यकालका लागि चेक गणतन्त्रको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका मिलोस जेमान मतदान गर्दै।
राजधानीको इन्द्रचोकमा पोते खदि गर्दै महिला। तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
दक्षिण कोरियाको पूर्वी शहर मिर्याङस्थित सेजोङ अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान जानुका साथै अन्य ७० भन्दा बढी घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । तस्वीर ः एजेन्सी
युरोपेली संघको उच्च अदालतले युरोपमा शरण लिन खोज्नेको समलिंगी यौन झुकाव परीक्षण नगरिने जनाएको छ।
चीनकी साओ यानको अनुहारमा जन्मिँदैदेखिको कालो दागले क्यान्सरको रूप धारण गर्न सक्ने सम्भावना देखिएपछि चिनियाँ डाक्टरले उनको छालामा ४ वटा बेलुन प्रत्यारोपण गरेका छन्।
सार्वजनिक सवारीसाधनलाई यात्रुमैत्री बनाउन सरकारी निकायबाट पटकपटक प्रयास भए पनि कार्यालय समयमा यात्रुहरू यसरी यात्रा गर्नुपर्ने बाध्यता अहिले पनि छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसलाई व्यवस्थित गर्न खोजे पनि
स्वयम्भूमा तितौरा खरिद गर्दै किशोरीहरू। तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
श्रीपञ्चमी तथा सरस्वती पूजाका दिन स्वयम्भूको भित्तामा आफ्नो नाम लेख्दै एक बालक। यसरी भित्तामा नाम लेख्दा परीक्षामा सफल हुने जनविश्वास रहेको छ। तस्वीरः अनिल आङदेम्बे, नेपाल समाचारपत्र
मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका राष्ट्रपति प्यालेवेटे गमरालागे मैथ्रिपाला यापा श्रीसेनासँग भेटवार्ता गर्नुहुँदै। तस्वीरः नेपाल समाचारपत्र
बेलायतको राजधानी लन्डनमा ४ दिवसीय प्रकाश उत्सव अर्थात् ल्युमिए फेस्टिबलमा झिलिमिलीमा रमाइरहेका आगन्तुक।
टेकुनजिक खोलाको किनारमा जम्मा गरेको पुरानो फलामका टुक्राहरु कवाडखानामा बेच्न लाँदै दुई बालक उनीहरुले ४ किलो फलाम जम्मा गरेर किलोको ५ रुपियाँमा कवाडखानामा बेचेका थिए । तस्वीर ः अनिल आङदेम्बे
कामना न्युज पब्लिकेसन्सको आयोजना तथा सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा आगामी माघ १६ गते राजधानीमा हुने तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ को मनोरञ्जक प्रस्तुति तयारीका लागि भएको छलफल कार्यक्रममा गायक
आस्था ः हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा आरतिमा दीप प्रज्वलन गर्दै पुरोहित । बाजागाजा र भजनसहित हरेक साँझ गरिने आरति हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति हुने गर्छ । तस्वीर ः अनिल
राजधानीको कालिमाटीस्थित तरकारीबजारमा माछाको व्यापार गर्दै माछा व्यवसायी। तस्वीरः अनिल आङदेम्बे
गत राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडीलाई प्रशिक्षण दिने क्रममा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का जुडो प्रशिक्षक डान तेलर्का। आगामी दक्षिण एसियाली, एसियाली
पोखराको फेवातालमा सजाइएको दृश्यावलोकन स्थल। पहिले निःशुल्क रहेको उक्त स्थल प्रवेश गर्न अहिले नेपाली पर्यटकले प्रतिव्यक्ति २० र विदेशीले ५० रुपियाँ तिर्नुपर्छ। संकलन भएको रकम ताल विकासका लागि प्रयोग हुने
पिठ्युँमा अर्को शरीर जोडिएको गाई । उक्त गाईलाई भगवान्को अवतार मानेर पूजा गर्नेको घुइँचो लाग्ने गर्छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
राजधानीमा सोमबार माघेसंत्र mान्तिको बेला तरुल, सखरखण्डलगायतका कन्दमुल खरिद गर्दै एक महिला। तस्वीरः नेपाल समाचारपत्र
बालकुमारी नजिकै बागमती नदीछेउमा कपडा सुकाएर गट्टा खेल्दै एक महिला । पानीको चरम अभावका कारण बागमती किनारमा रहेका धाराहरूमा नुहाउने र कपडा धुनेको भीड लाग्ने गरेको छ । तस्वीरः अनिल