जापानमा सातजना चालकदलका सदस्य रहेको दुईवटा विमान जुधेर सागरमा खसेपछि हराई रहेका पाँचजना अमेरिकी सैनिकको उद्धार र खोजिकार्य जारी रहेको छ ।
इन्डोनेसियाको पुर्वी प्रान्त पपुवामा बन्दुकधारीहरुको आक्रमणमा कम्तिमा २४ जना निर्माण कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्पेनका महिला अधिकारवादी अभियन्ताहरुले एक किशोरी माथि भएको सामुहिक वलात्कारको मुद्धाको निर्णय ‘ पुरुष प्रधान न्याय ’ भएको भन्दै आक्रोश व्यक्ति गरेका छन् ।
अमेरिकाका पुर्व राष्टपति जर्ज एच डब्ल्यु बुसको अन्त्यष्टीमा उनको पार्थिव सरीरमा फुलको माला अर्पण गरी सम्मान ब्यक्त गर्दै अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प ।
भारतको तेलंगाना राज्यमा हुन गइरहेको चुनावमा तस्करबाट बरामद गरिएको लाटोकोसेरो । लाटाकोसेरोको शरीरको हिस्सा विरोधी उम्मेदवारका लागि दुर्भाग्य हुने अन्धविश्वासका कारण ती पन्छीहरुको माग त्यहाँ बढेको बताइएको छ ।
बिहिवार सबेरै बालाचतुर्दशीको दिन पशुपतिनाथमा पितृहरुको सम्झना गर्दै बागमतीमा दीपहरु बगाइदै। दिप बालेर जाग्राम बस्नु साथसाथै सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने
काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा वाला चतुर्दशीको रौनक तस्वीरमा हेर्नुहोस । तस्वीरः अनिल आङदेम्वे
फ्रान्समा तेल आयातमा लगाइएको कर विरुद्ध भइरहेको प्रदर्शनका क्रममा सडकमा आगजनी गरि झन्डा बोकेका प्रदर्शनकारी । सरकारले उक्त अतिरिक्त मुल्य फिर्ता लिने निर्णय लिएपछि उक्त हिँसात्मक प्रदर्शन रोकिएको छ ।
‘ट्रि लाइटनिंग सेरेमोनी ‘को विदामा ग्लेन्डाले सिटी हल पर्किन्स प्लाजामा मोन्ट्रोजबाट आएका एक नृत्य कम्पनीसँगको सहकार्यमा नृत्यु गर्दै नर्तकहरु ।
राजधानीका कोटेश्वरमा जाडो छल्न आगो ताप्दै बालबालिका। केही दिनयता उपत्यकामा जाडो बढे सँगै जनजीवन कष्टकर बन्दै गएको छ । तस्वीर: अनिल आङदम्बे ÷काठमाडा
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भइरहेको जी २० बैठकको विरोधमा विभिन्न नेताहरुको पोस्टर सहित प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु ।
एक सार्वजनिक कार्यक्रममै धुमपान गर्दै स्पेसएक्सका संस्थापक एलोन मस्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनले मस्कको सार्वजनिक स्थलमा धुमपान लगायत अन्य कृयाकलापलाई लिएर आपत्ती जनाएका छन् ।
२७ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। चक्रपथमा एक शारिरिक रुपमा असक्त व्यक्तिवो गीत गाएर सहयोगको याचना गर्दै। तस्विर (नेस
रुकुम पुर्वको भुमे गाँउपालिका २ कांक्रीका घरहरुमा मकैलाई यसै गरी राखिएको हुन्छ । मकैमा किरा नलाग्ने र गेडा निकालेपछि सुकाउन नपर्ने भएकोले मकै खेतबाट ल्याउन बित्तिकै यसरी राख्ने गरिन्छ ।
ढुङ्गेअड्डाको धुल्लामे सडकबाट हिँड्दै मजदुर। जाडो मौसम शुरू भएसँगै धुवाँ र धूलोका कण वायुमण्डलबाट तल आएर बस्ने भएका कारण उपत्यकाको वातावरण अझ बिग्रने र सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्ने वातावरणविद् बताउँछन्।
पेरिसमा सयौं सरकार विरोधिले विरोध प्रदर्शन भइरहेकाले फ्रान्सको राष्ट्रपति इमान्युयल म्याक्रोनले आपतकालिन सुरक्षा बैठक बोलाउने योजना बनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी नाविकहरुलाई मुक्त गर्ने विषयमा युक्रेन सरकारसंग अहिले सम्म केहि पनि कुरा नभएको जानकारी दिएका छन् ।
मुस्कुराउँदै: अस्ताउँदो सूर्यसँगै सुनौलो परिदृश्यमा देखिएको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल । यो दृश्य हेर्न हजारौं पर्यटक ट्याङ्बोचेमा बास बस्ने गर्दछन् । तस्वीर: दीपक रिजाल/ट्याङ्बोचे
मंगलग्रहको सतहमा शुक्रबार अवतरित नासाको इन्साइट ल्यान्डर । उक्त ल्यान्डरले मंगलग्रहको ‘स्यान्डबक्स‘मा आफुलाई स्थापित गरेको छ ।
मेक्सिकोको सीमा नजिक अमेरिकाको क्यालिफोर्निया राज्यको दुर्गम इलाकामा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने आप्रवासी र अमेरिकी सीमा सुरक्षा गार्डबीच भएको भिडन्तमा तीन जनाको ज्यान गएको छ भने ८ जना गम्भिर