प्रशासनको मिलेमत्तोमा यसरी हुँदैछ नदिजन्य पदार्थको चोरी निकासी (भिडियोसहित)



काभ्रे ।

स्थानिय प्रशासनको मिलेमत्तोमा दिनकै नदिजन्य पदार्थको चोरी निकासी भैरहेको छ । जिल्लाको भुम्लु गाउपालिका वडा नं ८ सिलामे वगरको पारि दैनिक लाखौ रुपैयाको चलखेल गरि नदिजन्य पदार्थको चोरी निकासी भैरहदा पनि सरोकारवाला निकाय मौन बस्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

स्थानिय बासिन्दाहरुले बताए अनुसार सिलामे वगरको पारि वनदेउ गाउँ र शसत्र प्रहरी १६ नं गणको मुनी महिनौ देखि दिउसै १५/२० टिपर नदिजन्य पदार्थको तस्करी हुने गरेको छ । अझ रातिको समयमा त यहाबाट कति चोरी निकासी हुन्छ भन्ने बारेमा अनुमान नै गरिएको छैन ।
महिनौ देखि चोरी निकासि भैरहेको यस वगरमा भुम्लु गाउपालिकाले आईईई पनि गरेको छैन भने ठेक्का पनि खुलाएको छैन । वडा नंम्बर ८ कै केहि जनप्रतिनिधि र ठेकेदार कम्पनिको मालिकको मिलेपत्तोमा यहाबाट नदिजन्य पदार्थको चोरी निकासी भैरहेको स्थानिय बासिन्दाहरुको आरोप छ ।

गैरकानुनी रुपमा नदिजन्य पदार्थको पदार्थको दोहन गरी चोरी निकासि गर्दा दैनिक लाखौ रुपैया आम्दानी हुने भएकोले तस्करहरुले प्रहरी सहित सरोकारवाला सबै निकायलाई मोटो रकम दिएर सेटिङ्ग मिलाएका हुन्छन् । दैनिक मोटो रकम घुस आउने भएपछि जतिसुकै चोरी निकासी भएपनि सरकोकारवालाहरु मौन बस्ने गरेको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्