व्यस्त पुस्ता



फेसबुट, ट्वीट्र जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताको रहर देखेर कहिलेकाहिँ त धरहरा तीन छक पर्छ भन्या । अल्लारे, तन्नेरी र तरुनीलाई एकाएक उमेर ढल्किएका बुढा बुढी हुने रहर पलाएको छ । उनीहरुको रहर देख्दा लाग्छ घरमा बा आमा र अन्य जेष्ठ सदस्यको खाँचो छ ।

अल्लारे उमेरसम्ममा पनि घरबार भएन, भएको घरबार पनि लथालिंङ भयो, अल्लारे उमेर ढल्किने बेलासम्ममा पनि बुद्धि बंगारो पलाएर भनेर हो ? कि, सरकारले बृद्ध भत्ता बढायो भनेर भत्ता खाने हतार लाग्या हो ? धरहरालाई साह्रै खसखस लाग्या छ–यो रहर यथार्थमै परिणत भयो भने उनको हालत कस्तो कस्तो हुन्थ्यो होला ?

नेपालीलाई यस्तै अनेक नौंटकी आउँछ, नौटंकी गर्ने फुर्सद छेलोखेलो भएको देख्दा डाह जागेर आउँछ । सामाजिक कार्यमा जुट्न त परे जाओस्, कसैले आपत विपद् परेर एकछिन अस्पताल जाऊ न भनेर सहयोग माग्यो भने साह्रै बिजी हुने जमात बढ्या बढ्यै छ ।

अहिलेको हाईटेक पुस्ता छिमेक त परेको कुरा नजिकका आफन्तको मृत्यु हुँदा मलामी जान भ्याउँदैन, फेसबुकमा श्रदाञ्जलीका हाइब्रीड शब्द खर्चदै ‘रीप’ लेख्न रमाउँछ । यसरी नै अनेक नौटंकी गर्दै फेसबुकमा व्यस्त हुने जमातलाई के नै भनौ र खै ?

प्रतिक्रिया दिनुहोस्