काठमाडौं । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति न्युरोडमा रहेको सुन गाल्ने कारखानामा छापा मारेर उक्त सुनसहित १ जनालाई पक्राउ गरेको हो।
कारखानाबाट ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।
प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया