स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित



काठमाडौं

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी एट्लेटिको मड्रिडको भने १४ खेलमा ३१ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्