
कैलाली।
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा एक बालकलाई सुई लगाएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐर रहेका छन् ।
उनलाई सुई लगाउने धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाका नवीन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । दिनेशले आफ्नो अनुपस्थितिमा भाइ नवीनलाई सुई लगाउन अह्राएका थिए ।
ज्वरो आएपछि उपचारका लागि बुधबार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाइ नविन धामीले सुई लगाएपछि मृत्यु भएको थियो । सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो ।
अहिले धामी दाजुभाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।