ब्रोम्दिङ महोत्सवमा संगीत र नृत्यको मज्जा



धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङमा दुईदिने ब्रोम्दिङ पर्यटन महोत्सव सम्पन्न भएको छ। ब्रोम्दिङलाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यले आयोजित महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारले आप्mना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन प्रदान गरे। महोत्सवमा गायक डेविट शंकरले दर्शन सलाम, घिनघिन मादलजस्ता लोकप्रिय गीत गाएका थिए भने गायिका बेनिशा पौडेलले आप्mना सुमधुर गीत संगीतमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन्। त्यसैगरी, स्थानीय कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

महोत्सवको प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष तथा टानका पूर्वध्यक्ष चन्द्र रिजाल, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया, बागमती प्रदेश सभा सदस्य, अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठलगायतले शुभारम्भ गरेका थिए। कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले चिसो मौसमसहित पर्वतीय हिमश्रृंखला देखिने आन्तरिक पर्यटकको रोजाइमा पर्ने ब्रोम्दिङलाई बागमती प्रदेशकै नयाँ प्रमुख पर्यटकीय गन्तव्य बनाउने बताए।

बागमती प्रदेश सभा सदस्य, अभिनेता तथा निर्माता मदु कुमार श्रेष्ठले बोरोम्दिङमा फिल्म सुटिङ गर्ने योजना रहेको बताए। ‘म पहिले पनि यो स्थानमा केहीपटक आएको छु। यहाँको प्राकृतिक सुन्दरताको उपयोगका लागि मैले आगामी फिल्म सुटिङ गर्ने योजना बनाएको छु’ श्रेष्ठले भने ‘म कलाकार संघको सल्लाहकार भएकाले कलाकारको टोलीको साथ यो ठाउँमा घुम्न आउन मन छ।’ बेनिघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडियाको सहआयोजना र एक्सपल्स राइडर्स क्लबसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो।

महोत्सवको दोस्रो दिन ब्रोम्दिङमा पर्यटनको सम्भावना र चुनौती विषयमा छलफल आयोजना गरिएको थियो। जसमा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, वडा १ का अध्यक्ष जीवन सिं तामाङ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मालगायतको सहभागिता रहेको थियो। नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमिटर र समुद्र सतहदेखि दुई हजार ८० मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ«्रेजस्ता हिमाल तथा सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्