
अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेकाे हाे ।
अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि केसीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आजमात्र प्रहरीले पक्राउ परेको दिन (शुक्रबार)देखि लागु हुने गरी उनलाई तीन दिन हिरासतमा राख्न अदालतबाट म्याद पाएको थियो ।
चलचित्र ‘रावायण’को निर्माण पक्षले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको कसुरमा उजुरी दिएको थियो ।