
बाजुरा ।
जगनाथ गाउँपालिकाले पछिल्लो समयमा बेरुजु फर्छैटमा चचासो देखाएको छ । गत भदौमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिक लगायत केही स्थानीय मिडियाले जगन्नाथ गाउँपालिकाको नाममा १७ करोड बढी बेरुजु र्शिषककमा समाचार प्रकाशन तथा प्रशासारण गरेपछि पालिकाले असुल उपरगर्न कार्यालयले बेरुजुु सम्परिक्षण गर्न सक्रियता देखाएको हो ।
जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्षमण जोशीका अनुसार उनका नाममा रहेको २४ हजार दुुई सय र सोही कार्यलयका नायव सुुब्बा राजेन्द्र प्रसाद जोशीको नाममा रहेको पैतालिस हजार नौ सय नब्बे मात्र रावा बैंक कोल्टी बाजुराको राजश्व शिर्षक नं एक पाँच त्रिवल एकमा जम्मा गरेको भोचर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
बेरुजुक फछ्योटको जनदवाव बढेपछि पालिकाले जोजस्को नाममा बेरुजो छ यथासिघ्र फर्छैट गर्न पत्रत्राचार सहित ताखेता गरेको रोजगार संयोजक जोशीले जानकारी दिए । फर्छौटका लागि आवस्यक कगतपत्रहरु सबै अप्लोड गर्नेकाम सकिएको । रिपोर्ट आउन बांकी छ । गत वर्षको असुल उपर जनप्रतिनीधि र कर्मचारीबाट असुलउपर भएको छ ।
सामाजिक सुरक्षा भत्ता, उपभोक्त समिति र ठेकादरबाट असुल हुन सकेको छैन । सबैभन्दा बढि बेरुजो ठेकेदारकानमामा छ । हालै बसेको पालिकाको बैठकले बेरुजो असुल उपरगर्ने कथंकदाचित संबन्धित ब्यक्तीबाट असुल नभए जनप्रतिनीधि र कर्मचारीको तलभ सेवासुविधाबाट पनि अुसलगर्ने निर्णय भएको छ ।
रोजगार संयोजक जोशीले भन्नुभयो । प्रक्रिया नपु¥याएर खर्च भएका केही अुसल उपर गर्नैपर्ने असुल गरिएको छ , कागजी श्रेस्ता मिलाउनु पर्ने विवरण सम्परिक्षण गर्ने प्रक्रिया अगाडि बढेको पालिका श्रोतले बताएको छ । गाउँपालिका महालेखा परिक्षकको लेखाप्रतिवेदनमा भने श्रेस्ता कागतपत्र नमिलाउँदा करोडौं रुपैंया बेरुजू देखिएको छ। जगन्नाथ गाउँपलिकामा १७ करोड रुपिया बढि बेरुजू देखिएको हो ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार बेरुजू असूली लक्ष अनुसार नभएको, कर्मचारी दरबन्दी अनुसार स्थायी पदपूर्ती नभएको। विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको । अनुदान प्राप्त योजनाको अनुगमन नभएको । वितरणमुखी कार्यक्रम सञ्चालन गरेको । आन्तरिक नियन्त्रण प्रणाली कमजोर देखिएको लगायतका दर्जनौ कम्जोरी औंल्याएको थियो ।
महालेखापक्षिकको प्रतिवेदनमा आएका सुुझाबलाई कार्यन्वय गर्दे नागरिकलाई शुसासनको प्रत्याभुुति दिलाउन गाउँपालिका अग्रसर रहेको छ, पालिका श्रोतले भन्यो । बाजुराका स्थानीय पालिकाको बेरुजो प्रतिनीधि स्थानीय तहकारुपमा जगन्नाथ गाउँपालिकाको सर्वेक्षे गरिएको थियो । जिल्लाका नौवटै पािलकाको नाममा भने साविवका गाउँविका समिति अर्थात २०७४ अघि देखिको एक अरब रुपिया भन्दा बढि रकम बेरुजु देखिन्छ ।
माहालेखा परिक्षकको प्रतिवेदन अनुसार बाजुराका नौ वटै पालिकाबाट असुल उपर गर्नु पर्ने रकमभने २० करोड ९९ लाख ६१ हजाररुपैंया रहेको छ। स्वामिकार्तिक खापर गाउँपालिकाको नाममा सात करोड ९१ लाख असी हजार रुपैंया देखिएको छ । यो जिल्लाका सबै पालिका भन्दा बढि हो ।
बुढिनन्दा नगरपािलकाको दुुई करोड ३१ लाख २२ हजार रुपैंया, बुढिगंगा नगरपािलकाको दुुई करोड २१ लाख ६९ हजार रुपैंया, जगन्नाथ गाउँपालिकाको एक करोड ९८ लाख रुपैंया र त्रिबेणी नगरपालिकाको एक करोड ७६ लाख चार हजार रुपैंया असुल गनुृ पर्ने छ भने बडिमालिका नगरपालिकाको पनि एक करोड ६२ लाख ५३ रुपैंया असुल गर्नु पर्ने देखिएको छ।
त्यसैगरी हिमाली गाउँपालिकाको एक करोड ४० लाख ९१ हजार रुपैंया गौमुल गाउँपाकिाको ९७ लाख ८० हजार रुपैंया र सबै भन्दा कम खप्तड छेडेदह गाउँपालिकाको ७८ लाख ७६ हजार रुपैंया असुलउपर गर्नु पर्ने महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ। २०७९/८० सम्म कुन पालिकाको सम्परिक्षण भयो भएन त्यसको प्रतिवेदन भने आगामी महालेखा परिक्ष्ककको प्रतिबेदन आएपछि मात्र थाह हुने कोष तथा लेखा नियन्त्रकको कार्यालय बाजुराले जनाएको छ।