अविरल वर्षासँगै कागबेनीमा बाढीको जोखिम बढ्यो



जोमसोम। 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो ।

अविरल वर्षासँगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि साङ्ता खोला थुनिएको जानकारी दिए । साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरोे खसेपछि खोला थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाई छ ।

यसैगरी मुक्तिनाथबाट बहने वारागुङ—२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बाहव उच्च हुँदा कागबेनी गाउँमा बाढीको त्रास बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको उनले बताए ।‘ कागबेनीमा ठाँडो खोलाले श्राद्धस्थल ,धर्मशाला र केही घरहरु जलमग्न भएको छ,’ अध्यक्ष गुरुङले भने,‘ गाउँ भित्रको अस्थायी पुल पुलेसा र एक घर बगाएको जानकारीमा आएको छ, अहिले रात परेर क्षति विवरण यकिन गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले अविरल वर्षासँगै आएको बाढी कागबेनीको तटीय क्षेत्रको बस्तीमा पसेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको बताएको छ ।’कागबेनी र त्यस आसपासका बस्तीमा बाढीको जोखिम बढेको,स्थानीय बाढीको त्रासमा छन्प्र-जिअ केसीले भने, प्रहरी र प्रशासनले बाढीको अवस्था र स्थानीयसंग समन्वय र सहकार्य गरिहेको छौं,हामी तैयारी अवस्थामा बसेका छौं, रातीका समय भएकाले केही असहज भएको छ ।’

कागबेनीका एक स्थानीयले दिएको जानकारी अनुसार बाढीले कागबेनीको गुम्बा,स्कुल, प्रहरी चौकी र एक दर्जन बढी घरहरुमा बाढी पसेको जनाईएको छ । बाढीले कोरलानाका जाने कागबेनीमा निर्माणाधीन पक्की पुल समेत बगाएको आशंका गरिएको छ ।

कागबेनी माथिका शाखा खोलाको बाहव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताइएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताइएको छ । अहिले स्थानीयहरु घर बाहिर निस्किएर खोलाको सतह नियालिरहेका छन् । कागबेनी गाउँको तल्लो बस्तीका दुई दर्जन घरहरुका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अहिले सम्म मानवीय क्षति नभएको प्रशासनले बताएको छ ।

राती अबेर मात्र बाढी आएकाले क्षति विवरण यकिन गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्