एनएमबी–कपअनमा चेल्सी च्याम्पियन



काठमाडौं । एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ ।

बुढानिलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीका स्ट्राइकर आदित्य शाहले निर्णायक गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर गोल गर्दै चेल्सीलाई ट्रफी दिलाएका हुन् । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले परािजत ग¥यो ।

प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले हात पारे । चेल्सीकै आयुष यादवले बेट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनिष दंगालले हाईएस्ट स्कोररको अवार्ड प्राप्त गरे । फेयर–प्ले टिम हाईली क्रिएटिभ स्कुल घोषित भयो ।

लिग कम नकआउटको आधारमा आयोजित तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्