माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते



धादिङ।

पोखराबाट काठमाडौ जाँदै गरेको माइक्रोबस मंगलबार साँझ धादिङको गजुरी गाउँपालिका-६ बाङ्गेमोडमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।

तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस सवारी साधन उछिन्ने क्रममा अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । घाइते हुनेहरुमा तीन जना महिला र ११ जना पुरुष छन् ।

छ जना गम्भीर घाइते छन् । ती मध्ये ४ जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते ४ जनालाई गजुरी अस्पतालमा सामान्य उपचारपछिकाठमाडौँ पठाईएकाे जिल्ला प्रहरी प्रमुख गाैतम मिश्रले जानकारी दिए।

उक्त माइक्रोबसमा २ जना बच्चासहित १७ जना सवार थिए । बच्चाहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्