नेपाल प्रहरीका खेलाडीलाई कुटपिट गर्ने सई रितेश थापा निलम्बित

0
Shares

काठमाडौं ।

नेपाल पुलिस क्लबका खेलाडीलाई प्रहरी नायब निरीक्षक (सई)ले कुटपिट गरेका छन्। बंगलादेशमा मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले गत साता कमलपोखरीस्थित एक रेस्टुरेन्टमा पार्टी दिएका  थिए  । उक्त पार्टीमा सहभागी पुलिस क्लबका खेलाडी भरत शाहलाई पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्न रितेश थापालाई तत्काल निलम्बन गरेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले जानकारी दिएका छन्  । उनले भने ‘जाँड खाँदा झगडा गरेको भन्ने सूचना आएको छ। हामीले सईलाई तत्काल निलम्बन गरेर छानबिन गरिरहेका छौं। यस्तो गर्न त प्रहरीले मिल्दै मिल्दैन नि’, एआईजी राईले भने।प्रहरी प्रशिक्षण प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।