डा.केसीद्वारा आमरण अनसन बस्ने चेतावनी



काठमाडौं । डा. गोविन्द केसीले विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारसमक्ष माग गर्नुभएको छ । उहाँले विगतमा चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौताकै आधारमा धेरै कामहरू भएपनि सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै सोमाबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराउँदै यही श्रावण २९ गतेसम्म ती सम्झौता कार्यान्वयन नभएमा आफू पुनः आमरण अनसन बस्ने बताउनुभयो ।

सरकारले सम्झौता कार्यान्वयन गर्नुको सट्टा मेडिकल माफियाको स्वार्थमा लागेको आरोप लगाउँदै उहाँले सरकारका पदीय दायित्व निर्वाह गरेका व्यक्तिनै लोभ लालचमा परेका कारण देशको अवस्था र चिकित्सा शिक्षाका क्षेत्रमा विकृति भित्रिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्