काठमाडौं ।
ट्विटरका मालिक एलन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने प्रक्रियामा रहेको संकेत गरेका छन् । मस्कले आइतबार “हामीले चाँडै ट्विटर ब्रान्ड र विस्तारै सबै चराहरुलाई अलबिदा गर्नुपर्छ” भनेर ट्विट गरेका हुन् ।
उनले अर्को ट्विटमा भनेका छन्, “यदि आज राति ुएक्सुका लागि उत्कृष्ट लोगो पोस्ट भयो भने हामी भोलि विश्वव्यापी रुपमा लाइभ गर्नेछौं ।” अर्को ट्विटमा मस्कले एक्सको छोटो भिडियो क्लिप पोस्ट गरेका छन् । त्यसपछि उनले डेस एक्सु लेखेर ट्विट गरेका छन् । उनले ट्विटरलाई सबै काम गर्न सकिने एपका रुपमा विकास गर्न खोजेका छन् र यसलाई एक्स नाम दिन खोजेका छन् ।
मस्कले यसअघि नै पनि ट्विटरमा अनेकौं फेरबदल गरेका छन् ।











प्रतिक्रिया