बस दुर्घटना हुँदा २९ जनाकाे मृत्यु, १९ जना घाइते



एजेन्सी ।

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए ।

दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले जनाए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्