चारसय प्रहरीलाई तालिम, जीवन बचाउने प्राथमिक उपचारका विधि सिकाइँदै 



धादिङ । 

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा  कास्कीमा प्रहरीहरुको लागि तपाईँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ वा यु क्यान सेभ  फाइभ लाइभ्सू तालिम सम्पन्न गरेको छ।

 कार्यक्रममा गण्डकी प्रदेशभित्रका प्रहरी अफिसर र प्रहरी  जबानहरु  पहिलो पटक ७४ जना र दोश्रोपटक ३ सय २६ जना सहभागी भएका थिए।
तालिमको सहजीकरण गर्दै  डा. लक्ष्मी पन्थीले आपतकालिन अवस्थामा  घटना स्थलमा नै ५/ ७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा  घट्नास्थल्मा देख्ने व्यक्तिले ज्यान बचाउन अपनाउनु पर्ने विषयमा अभ्यास गराउनुभएको थियो ।

घाँटीमा तत्काल केही अड्किएर या सर्किएर  निसासिँदै गरेको बिरामीलाई तीन मिनेटमा  बचाउन गरिने विधि,  हृदयाघात हुँदा तत्काल  र अन्तिम अवस्थामा बचाउन गरिनु पर्ने विधि, घटना स्थलमा रक्तस्राव तत्काल रोक्ने विधि, प्राइमरी सर्वे र बेहोस  हुँदा अपनाउनु पर्ने सिपिआर   विधि तथा संघात जस्ता अत्यन्तै आपत्कालीन अबस्थाहरु जसलाई र  आँखा अगाडि नै देख्ने व्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु अभ्यास र सैद्धान्तिक तरिकाले तालिम दिइएको तालिम सहयोगी प्रतीक्षा पन्थीले जानकारी दिनुभयो ।

तालिममा सहभागी प्रहरीहरुले तालिम आयोजक र प्रशिक्षकलाई धन्यवाद दिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक  डीएसपी कृष्ण कार्की  डाक्टर लक्ष्मीको एक जनाले पाँच जनाको जीवन बचाउने तालिम आफूले २ पटक लिसकेको  हुनाले सम्पूर्ण प्रहरीलाई दिँदा जिल्लामा खटिएका प्रहरीहरुले  हजारौँ जीवन बचाउन सक्छन् भन्ने उद्देश्यले तालिम केन्द्रको  नियमित तालिम अन्तर्गत संचालन गरिएको बताउनुभयो।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अरुन पौडेलले तालिम केन्द्रका सबै प्रहरीलाई यो तालिम गराउने प्रतिबद्धता व्यक्त गर्दै तालिमका कल्पनाकार डा लक्ष्मी लाई धेरै धन्यवाद एवं शुभकामना दिनुभयो।

डाक्टर लक्ष्मी पन्थीले यो अभियान २०१८ देखि निरन्तर भइरहेको र नेपालभरि  लैजाने लक्ष्यरहेको जानकारी गराउनु भयो ।  अभियान  यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ ओटा जिल्लामा  र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत हालसम्म १२ वोटा जिल्लामा  विद्यालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा संचालन भएको छ । डा. लक्ष्मी पन्थी  हातेमालो अभियान  नेपालकी संस्थापक अध्यक्ष  हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्