
पाल्पा।
जिल्लाको रम्भा गाउँपालिकाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल रम्भा –१ हुँगीस्थित कालीगण्डकी कोरिडोर सडक खण्डबाट बरामद भएको हो । मलको वोरामा जनउर्वरक परियोजना भारत युरिया मल लेखिएको छ ।
शनिबार बिहान नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
शंका लागेर चेक जाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले विल नभएको वोरामा १६७४० केजी मल छ । नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।