सुनचाँदीको मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्