नीरफूलले पहिचानवादी मुद्दालाई बलियोसँग उठाएको छ : दयाहाङ राई



शुक्रबारदेखि देशका एक सयभन्दा बढी स्क्रिनबाट एकसाथ रिलिजमा आउने फिल्म नीरपूmललाई लिएर यसका मुख्य अभिनेता दयाहाङ राई धेरै नै उत्साहित छन्।

रिलिजको पूर्वसन्ध्या पारेर बुधबार राजधानीमा राति सेलो समूहका विभिन्न कलाकारले डम्फु बजाएर नाचगान र झाँकीसहित फिल्मका कलाकार तथा पाहुनालाई हलमा स्वागत गर्दै प्रिमियर शो गरिएको नीरपूmल हेर्नेहरुबाट सकारात्मक प्रतिक्रिया पाएपछि अभिनेता राई उत्साहित भएका हुन्। उनले आफूले काम गरेको उत्कृष्ट फिल्मको सूचीमा नीरफूल पनि पर्ने जनाउँदै यसले हालको शासन व्यवस्थालाई उजागर गरेको बताए। ञभाषिक हिसाबले आदिवासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण फिल्ममा प्रस्तुत गरिएको छ, राईको भनाइ छ। दयाहाङले मौलिक कथा र विरलै हुने घटनामा केन्द्रित भएकाले नीरफूलमा अभिनय गरेको र यसको स्क्रिप्ट नै बलियो भएको बताए। दयाहाङको अनुभवमा उनले खेलेका मौलिक कथाका फिल्म सफल हुँदै आएका छन्। हुन पनि गत वर्ष उनले अभिनय गरेको कबड्डी–४ ले सर्वाधिक सफल व्यापार गरेको थियो भने हालै मात्र उनको अर्को फिल्म जारी प्रदर्शनको ५१औं दिन पार गर्न सफल भएको छ। नीरपूmल पनि मौलिक कथामा बनेकाले र प्रिमियरमा सफल प्रतिक्रिया पाएकाले यसले पनि इतिहास रच्ने अनुमान उनको छ। नीरपूmलबाट तामाङ समुदायको मौलिक संस्कृतिलाई पनि दर्शकले नजिकबाट जान्ने अवसर पाउने दयाहाङले बताए। तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुई समुदाय रहेछ। विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक संरचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृति पनि यो फिल्ममा हेर्न पाइन्छ। पात्रको नामाकरणदेखि यसले उठाएको विषयवस्तु धेरै कुरा मौलिक छ, दयाहाङ भन्छन् त्यसैले पनि यो फिल्म दर्शकका लागि प्रिय बन्न सक्छ। नीरफूलमा काम गर्दा मैले तामाङ समुदायलाई अझ नजिकबाट चिन्न पाएँ। म राई समुदायको हुँ र आप्mनो संस्कृतिसँगै लिम्बूहरुको संस्कृतिसँग केही नजिक थिएँ। नीरफूलमा काम गर्दा मैले तामाङ समुदाय र उहाँहरुको संस्कृतिलाई अझ नजिकबाट चिन्ने अवसर पाएँ। यस्ता थुप्रै्र कारणले मेरो लागि यो फिल्म विशेष छ।

अभिनेता राईले नीरपूmलमा आप्mनो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आप्mनो परिवार नै हराएको निरिह नेपाली नागरिकको भूमिकामा जीवन्त अभिनय गरेका छन्। नागरिकप्रति यो राज्य कतिसम्म गैरजिम्मेवार रहेको छ भन्ने कुरा मेरो पात्रको भोगाइमार्फत गैरजिम्मेवार तथा लाचार राज्य व्यवस्थालाई यो सिनेमामार्फत दर्शाइएको छ। यसरी नीरफूलले समसामयिक राज्य व्यवस्थाको कहालीलाग्दो कथासमेत भन्छ। यही फिल्ममार्पmत लामो समयसम्म छायाँमा परेका हाम्रा कथामा काम गर्न पाएँ। त्यसमा पनि नीरफूलले पहिचानबादी मुद्दालाई निकै बलियोसँग उठाएको छ। मुलुकमा एउटा बेरोजगार नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कंदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँनै नभेटिनुजस्तो विडम्बना के हुन सक्छ? त्यसैले नीरफूलमा भूकम्पले निम्त्याएको विनाशको घटना भए पनि यसको कथा अर्कै छ, उनले सुनाए।

फिल्मका निर्देशक पूmलमान वलमा आप्mनो समुदायको कथालाई केही फरक शैलीमा भन्ने कला रहेको अनुभव दयाहाध्रले सुनाए। दुई दशकदेखि पत्रकारिता गर्नु भएको फूलमान सरमा कथालाई लेखनसँगै दृष्यबाट राम्ररी भन्न सक्ने गजबको कला रहेछ भन्ने कुरा नीरफूलबाट मैले अनुभव गर्न पाएँ। त्यसैले पनि यो फिल्म एउटा कालजायी सिनेमा बन्ने विश्वास मैले लिएको छु। यसमा मैले निर्वाह गरेको भूमिका दर्शकका लागि निकै रोचक हुनसक्छ। जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिइनँ। भेडा चराउँदा कसरीलाई त्यसलाई माथि लाने, कसरी तल झार्ने, कसरी नुन खुवाउने, स्याहार गर्ने भन्नेबारे त विशेष कलाको हुनुपर्दो रहेछ भन्ने कुरा यही फिल्ममा काम गर्दा थाहा पाए, दयाहाङले सुनाए गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, त्यति नै गाह्रो पो रहेछ।

नीरपूmलअघि सेलफोन नामक सर्ट फिल्म निर्देशन गरिसकेका तथा हाल नेपाल टेलिभिजनको महाप्रबन्धक रहेका यसका निर्देशक पूmलमान बलले २०७२ सालको भूकम्पछि नयाँ फिचर लेखनका लागि आपूm कला र शैली पृष्ठको संयोजक रहेको कान्तिपुर दैनिकमा घाइते बालकले सोधे ः आमा खोइ? शीर्षकको समाचार पढेपछि नीरपूmलको कथा गुथिएको खुलाए। समाचारअनुसार संखुवासभाको पहिरोमा घाइते भएका ८ वर्षीय सुवास तामाङ अस्पतालको शय्यामा थिए भने उनकी आमालाई त्यही पहिरोले उनीबाट खोसिसकेको थियो। उनीचाहिँ पटक पटक रुँदै आप्mनो भाषामा सोधिरहेका थिए ञआमा खोई? विपत्तिमा परिवार गुमाउनुको यही पीडालाई पूmलमानले नीरफूलको कथाको फ्रेममा ढाले। भूकम्पमा धेरैले परिवार गुमाए। सयौं बच्चा हराए। सुवासको कथालाई भूकम्पको प्रसंग जोडेर फिल्म बनाउने मन भयो र यसको लेखन शुरु गरे। वास्तवमा नीरफूल प्mयामली मिसिङको कथा हो। प्राकृतिक प्रकोपले कसरी एउटा परिवारलाई सिध्याउँछ भन्ने कुरा यसमा छ, निर्देशक बलले सुनाए कथाअनुसार सुटिङका लागि धादिङको रुबी भ्याली त छानियो, तर अत्यधिक चिसोका कारण सुटिङ गर्न भने निकै कठिन भयो। चिसो रुबी भ्यालीमा होटल नहुँदा खान र बस्नको पनि त्यस्तै समस्या थियो। अत्यधिक चिसोका कारण एक सिन पूरा गर्न पनि कठिन पथ्र्यो। तर, त्यो बेलाको मेहनतलाई प्रिमियरमा सबैले मन पराइदिनुभएको छ। मैले र मेरो टिमले हाम्रो सिर्जनालाई फिल्ममा प्रस्तुत गरिसकेका छौं। अब दर्शकको जवाफको प्रतीक्षामा छौं।

फिल्ममा दयाहाध्रका साथमा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन प्mयुबा, विजय लामालगायतले अभिनय गरेका छन् भने अभिनेत्री तथा निर्मात्री रेखा थापा सरप्राइजका रुपमा प्रस्तुत हुनेछिन्। त्यसैगरी, बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही फिल्मबाट ठूलो पर्दामा डेब्यु पाएका छन्। निर्देशक फूलमान बलसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ र तेन्जिन सोनम लामा (नेपाल) निर्माता तथा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ र इन्द्र तामाङ (अमेरिका) सहनिर्माता रहेको फिल्ममा कथा पूmलमान बल, पटकथा सचिन घिमिरे र फूलमान बल, संगीत अर्जुन पोखरेल र चन्द्र कुमार दोङ, छायांकन प्रमोद कार्की र सम्पादन निमेश श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्