कर्णालीमा फिल्म महोत्सव हुँदै



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० आयोजना गरिने भएको छ। कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०८० आयोजना गर्न लागिएको यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।

रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४ देखि र ६ गतेसम्म हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने दाबी गरे। ञप्रदेशलाई चिनाउने र फिल्म छायांकनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो। फिल्मको माध्यमले पर्यटन प्रवद्र्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागिएको होु प्रेमगीत–३ को निर्मातासमेत रहेका चन्दले भने। कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा सिनेमा छायांकनको गन्तव्य बनाउन संसद्मा आवाज उठाउने बताए।

प्रतिक्रिया दिनुहोस्