यस्तो छ आज शुक्रबारको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । साँझमा शुभ समाचार मिल्नेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । प्राविधिक कामबाट भने राम्रो हुनेछ । सत्कर्म गरे अवश्य सफलता मिल्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्तसँग भेटघाट हुनेछ । बहुप्रतिक्षित काम प्रारम्भ हुने समय छ । पुँजीबजार र शेयर बजारको लगानीले पनि गति लिनेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्