कुलपतिको निर्देशन विपरीत निर्णय अगावै प्रेस विज्ञप्ति

धुलिखेल अस्पताल र विश्वविद्यालयबीचको विवाद



काभ्रे। 

काठमाडौँ विश्वविद्यालयले विश्वविद्यालयको आर्थिक नियम २०४८ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशन विपरीत, अस्पताल र विश्वविद्यालयको सम्झौता विपरीत रहेको खुलासा भएको छ ।

काठमाडौँ विश्वविद्यालयले २८ औँ दीक्षान्त समारोहको दोस्रो चरणका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ऐन संशोधन र त्यस पछिको अवस्थाका बारेमा काठमाडौँ विश्वविद्यालय तथा स्कुल अफ मेडिकल साईन्सेजका बारेमा उपकुलपति प्रा.डा. भोला थापा र रजिस्ट्रार प्रा.डा.अच्युत वाग्लेले आर्थिक पारर्दिशता तथा विश्वविद्यालय र अस्पतालको सम्बन्ध सुदृढ पार्न आर्थिक संशोधन गर्नु परेको बताउनु भएको थियो ।

उक्त संशोधन प्रस्ताव अस्पताल र विश्वविद्यालयबीच सम्झौताको बुँदा नम्बर ३ विपरीत हुने भन्दै सभाको बैठकमा केही सदस्यहरु र डिनले समेत असहमति राखेको खुलासा भएको छ । ‘विश्वविद्यालयको आव २०७७/२०७८ र आव २०७८/२०७९ को वार्षिक लेखापरिक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा भएको निर्णय नै टिपोट गरिएका बुँदाहरु समावेश गरिएको छैन । विशेष गरी प्रधानमन्त्री एवं कुलपतिले माईन्युटको पेज नम्बर ५ मा उल्लेख भए अनुसारको काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्य अझै समझारी होस, विवाद नरहोस् र विवाद उठेपनी नबढोस् भन्ने भावनालाई निर्णयको अंग बनाउनु पर्ने देखिन्छ’–डिनको पत्रमा उल्लेख गरिएको छ–‘साथै सभामा पेस गरिएको लेखपपिरक्षण प्रतिवेदनमा उल्लेख भएको आगामी वर्षदेखि विश्वविद्यालयका अन्य स्कुलहरुको जस्तै स्कुल अफ मेडिकल साईन्सेजको आम्दानी खाता उपकुलपति र रजिस्ट्रारको संयुक्त हस्ताक्षरबाट संचालन गरी खचए गर्नु पर्ने रकम स्कुल अफ मेडिकल साईन्सेज पठाउने गरी व्यवस्था गर्ने भन्ने विषय काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको सम्झौताको बुँदा नम्बर ३ विपरीत हुन जान्छ ।’

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा अच्युतप्रसाद वाग्लेले जेठ २४ गते तीन दिनको म्याद राखेर काठमाडौँ विश्वविद्यालय सभाका सबै सदस्य तथा पर्यवेक्षकहरुलाई विश्वविद्यालय सभाको ९५ औ बैठकको माईन्युट पठाउनु भएको छ । ‘तीन दिन भित्र प्रतिक्रिया पठाउन समय दिएर त्यसको अवधि नपुग्दै विश्वविद्यालयले पत्रकार सम्मेलन गरेर प्रस्ताव निर्णय भइसकेको झुटो विवरण पेस गरेको छ’–सभाका एक सदस्यले भन्नुभयो–‘कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र निर्णय बेगर अझै उहाँले सदर नै नगरी, सभाका केही सदस्यको असहमतिका बाबजुद, अस्पताल र विश्वविद्यालयको सम्झौता विपरीत निर्णय परिपक्व नहुँदै पत्रकार सम्मेलन गरेर झुटको पुलिन्दा विश्वविद्यालयका उपकुलपतिले किन विक्री गर्नु भयो ?’ सस्तो खपतका लागि गरिएका यस्ता तर्कले विश्वविद्यालय र अस्पताल बीचको लामो सम्बन्धलाई मजबुत नभई संकट बनाउने ती सदस्यले बताए ।

प्रस्तावका बारेमा स्कुल अफ साईन्सका डिनसमेत रहेका प्रा.डा. राजेन्द्र कोँजुले रजिस्ट्रारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति र उपकुलपतिलाई बोधार्थ जेठ २५ गते पठाएका छन् । डिनले पत्र पठाएकै दिन रजिस्ट्रार वाग्ले र उपकुलपति थापाले आर्थिक संशोधन गर्ने निर्णय गरेको विज्ञप्ति वितरण गर्नु भएको हो ।

यो पनि

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद उत्कर्षमा

प्रतिक्रिया दिनुहोस्