काभ्रेपलाञ्चोकमा ६१ जातका ८ वटा धर्म 



काभ्रे।

जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल जनसंख्यामा धर्म र जात अनुसारको संख्याको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्लामा बसोबास गर्ने नागरिकहरुले आठ वटा धर्म मान्ने गरेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार सबै धन्दा धेरै हिन्दु र सबै भन्दा कम शिख धर्म मान्ने नागरिकहरु देखिएका छन् ।

कूल जनसंख्या ३ लाख ६४ हजार ३९ मध्ये शिख धर्म मान्ने बनेपा नगरपालिकामा दुई जना मात्रै छन् । हिन्दु धर्म मान्नेहरु सबै भन्दा धेरै २ लाख ३० हजार ४ सय ६० जना छन् । नयाँ धर्म बोन मान्ने देखिएका छन् । दोस्रोमा बौद्ध धर्म मान्नेहरु छन् । १ लाख २३ हजार ३ सय ७१ जनाले बौद्ध धर्म मान्ने गरेको तथ्याङ्क छ ।

तेस्रोमा इसाई धर्म मान्नेहरुको संख्या छ । ७ हजार ६ सय ६४ जनाले इसाई धर्म मान्ने गरेका छन् भने ६ सय ८१ जनाले इलाम, ५ सय ९४ जनाले किराँत, १ हनार २ सय ५६ जनाले प्रकृति र ११ जनाले बोन धर्म मान्ने गरेका छन् । जिल्लामा जैन र बहाई धर्म मान्नेहरुको संंख्या छैन । २०६८ सालको जनगणना अनुसार ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या हुँदा हरेक धर्म मान्नेहरुको संख्या धेरै थियो । इसाई धर्म मान्नेहरुको बाहेक अन्य धर्म मान्नेहरु प्रतिशतका आधारमा कम भएका छन् । २०७८ सालको जनगणनामा पालिका अनुसार हरेक पालिकामा धर्म मान्नेहरुको संख्या उल्लेख गरिएको छ ।

काभ्रेमा ६१ जातका नागरिकहरु रहेको जनगणना २०७८ ले देखाएको छ । २०६८ सालमा ६० जातका नागरिकहरु रहेको तथ्यांक रहेको थियो । सबै भन्दा धेरै तामाङ समुदायका छन् । १ लाख २२ हजार ९ सय ३० जना रहेका छन् । जसमा पुरुष ५९ हजार ५ सय १५ र महिला ६३ हजार ४ सय १५ छन् । पुरुष भन्दा महिला धेरै छन् । ब्रम्हाण ७३ हजार ३ सय ४५, क्षेत्री ४९ हजार ४ सय १५ छन् । नेवार समुदायका ४८ हजार ८ सय २७ रहेका छन् भने मगर १४ हजार ४ सय ५६ जना रहेका छन् । थारु ६ सय ११, विश्वकर्मा ९ हजार ४ सय २, मुसलमान ३ सय ५७, यादव २ सय ६०, गुरुङ १ हजार २ सय २२, राई २ हजार ३८ रहेका छन् । लोपोन्मुख माझी, पहरीको संख्या बढेको छ ।

सबै भन्दा कम बराई १२, याख्खा १२, केही नभनेका १२ जना छन् । २०५८ र २०६८ मा एउटा थरबाट गणना भएर २०७८ मा केही थर परिवर्तन भएकाले केही नयाँ थपिएको र केही पुरानो जातमा खाली देखिएको तथ्यांक कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले बताउनु भयो ।

 

       

प्रतिक्रिया दिनुहोस्