
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ ।
उसले आज (बिहीबार) दिउँसो १ बजे बस्ने उक्त बैठक बहिष्कार गर्ने भएको हो ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ ।
उक्त छलफलमा सहभागी नहुने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले सरकारले छलफल नै नगरी मनपरी ढंगले नीति तथा कार्यक्रम ल्याएकोले भन्दै बहिस्कार गर्ने भएको हो ।